तन्त्रका देविहरुको मानसिक विकास मा प्रयोग :
डाकिनी ( योग मिलाउने या मिलाउन जाने या सन्देश पठाउने )। एउटा सत्य सुन्दर आत्मा ले अर्को सत्य सुन्दर आत्मा सँग मेल गर्नु कुनै सानो कुरा होइन । यो बोधिज्ञानका साधकलाई प्रज्ञा झानका देवीले साथ दिनु हो । यसको लागि डाकिनी / योगिनीको साथ चाहिन्छ ।
हामीले गर्ने कुनैपनि कार्यमा काम दिने र काम गर्ने मानिसको सम्पर्क जरुरी छ ।
रामा / लामा : ( प्रस्ताव राख्ने र लिने वातावरण बनाउने ) यसरी आफ्नो र अरुको प्रस्ताव भनेको आ-आफ्नो ईच्छा अपेक्षा हो । जसरी आफ्नो जीवनलाई आफूले तौलेर बुझेर आफ्नो लागि यस्तो सुहाँउदो छ भनेर आँकलन गरेको हुन्छ | यसरी आ-आफ्नो कामना सपना रमाउने , मन प्रफुल्लित राख्ने , आशावादी रहने । जसरी आफुले आशा राखेको छ अरुको आशामा पनि आफ्नो स्वीकृति दिने । आशावादी रहनु नै वास्तविक रमाउनु , कमाउनु र पालन गर्नु हो । लिएर पाउने रामा नै दिएर पाउने लामा हुन पुगेको हो ।
खण्डारोह : ( एकले अर्काको भावनालाई बुझ्ने त्यही कुरा आफूमा पनि छ छैन जाँच गर्ने । एकले अर्काको भावनाको कदर गर्दै जाने । त्यसको राम्रो र नराम्रो पक्षमा सल्लाह गर्दै सही दिशामा ल्याइ पुर्याउन पर्छ । सहि दिशा निस्वार्थ को मात्र हुन्छ । जुन दिशा ले सबैको हित हुन्छ र सबैलाई माया मिल्छ त्यो बुझ्ने । जन्मन्दै यहाँ कोही पनि परिपक्व हुँदैन । अनेकौं उतारचढाव मा बौद्धिक विकासको लागि परिवर्तन गर्दै परिपक्व बनाउँदै जाने हो, यो कुरा बुझ्ने । जीवनका सबै खण्डहरू मा उत्तिर्ण हुँदै आफ्नो चित्तलाई सबैको उपयोगी गुणी , माया र बोधि ज्ञानले युक्त गर्नुनै खण्ड आरोह हो ।
हरेक श्रृजित परिस्थिति हरुमा आफ्नो चित्तलाई अमल विमल निर्मल राख्ने , हेतुलाई हरपल शुद्ध विशुद्ध शोधन विशोधन गर्ने भनेको : शुरुमा देखिएको अनेकौं अन्योल पन र आफूले बनाइराखेको उत्ताउलोपना लाई खाली हुने गरेर निकाल्ने । यहाँ बुझ्न पर्ने महत्वपूर्ण परिवर्तन थाहा पाउने । शुरुवाती क्रममा चित्तको विभिन्न अभिलाषा हरु थिए अब ती सबको महत्व नै हुँदैन । अब केबल दुई आत्मा एक हुने मात्र कुरा हुन्छ ।
जसरी बरफ घामको न्यानो मायाको कारण पानी भएर पग्लिन्छ त्यसरी, कुनै पनि निकै चिसो भएर बसेको चित्त पनि न्यानो मायाको कारण भावुक हुन्छ । पानी भएर आफ्नै मनका सबै मयल हरु पखालेर वाष्प भएर नैरात्मा / वोधि ज्ञान प्राप्त गर्छ ।
यही जीवनको मूल परिवर्तन हो । जस्तै पापी किन नहोस् आफू भित्रि मनदेखि त्यसलाई बुझेर हेर्यो भने आफ्नो आँखा आफै रसाउँछ । यसरी हृदय स्पर्शी आँसु झर्दा जस्तै पाप पनि आफुसंग भएको चित्त देवताले क्षमा अवश्य गर्छ । यसरी फेरी हाम्रो जीवन पुनः निर्मल हुन्छ ।
परिवार, साथी, अन्य कोहिपनि बाट आफूलाई महा दु:ख परेको किन नहोस । सबैको दोषलाई पनि एउटा संयोग को कारण भएको हो भनेर बुझेर सबैलाई क्षमा गर्दै जानु पर्छ । साना तिना घरेलु मतभिन्नता ले आउने अनेक परिस्थितिहरु लाई जसरी क्षणिक मौसम जस्तो लिन्छौं त्यसरीनै ठूला घटना दुर्घटनालाई पनि क्षणिक गर्नुपर्छ । दु:ख परेको किन नहोस । सबैको दोषलाई पनि एउटा संयोग को कारण भएको हो भनेर बुझेर सबैलाई क्षमा गर्दै जानु पर्छ । साना तिना घरेलु मतभिन्नता ले आउने अनेक परिस्थितिहरु लाई जसरी क्षणिक मौसम जस्तो लिन्छौं त्यसरीनै ठूला घटना दुर्घटनालाई पनि क्षणिक गर्नुपर्छ ।
एक पटक घटेको घटनालाई सम्झेर दु:ख पाल्नु सट्टा त्यसलाई भुलेर सुख पाउनु अति उपयुक्त हुन्छ ।
रुपिनी ( भित्री मनको गहिराई सम्म जाने , हिमालको शिखरको टुप्पो सम्म जाने । त्यहाँ आफैलाई हेर्ने । दुबैको हेतु एक ठाऊँमा भएको नभएको हेर्ने । मुख्यत आफूले आफूलाई संयमित राख्ने, संसार र लौकिक कुनैपनि व्यक्ति विषय संयोगको रुप मात्र हो बुझ्ने । ) दुबैले आ-आफ्नो इच्छा कामना रुपता ल्याउने । यो सबै कुरा १ घण्टा कुरा गर्दैमा या आफूले १२ वर्ष कसैलाई जाँच गर्दैमा हुने होइन ।
हाम्रो काम कसैले चाँडै या ढिला सिक्छ त कसैले सिक्ने कोशिस नै गर्दैन । सानै बेलादेखि सिके मात्र सिक्छ या ठूलो भैसकेको सिक्दै सिक्दै न भनेर भन्नु पनि गलत हुनसक्छ । यो सब अमूर्त हुन्छ । आफूले स्वीकार्न सक्यो भने आउने हो । होइन भने कहिल्यै पनि परिवर्तन आउँदैन ।
सबै प्राणि सुख कै लागि जन्मिएका हुन् । वास्तविक सुख बुझ्न अति आवश्यक छ। वास्तविक सुख अवलोकनमा छ । बोध भैरहनु मा छ । प्रकृतिलाई स्वीकार गर्नुमा छ । चक्र सम्वर / हेरुक र वज्रवाराहीको समागमको दिक्षा वज्र यान बौद्ध दर्शनमा उच्चतम दर्शन हो । यसमा यही माथिका कुराहरुको शिक्षा दिएका छन् । प्रकृतिको अनेकौं परिस्थिति श्रृजना हुनु स्वयं प्रकृतिको वशमा छैन । समयको बहाव र परिस्थितिको माग अनुसार पर कृत हुने गर्छ । त्यसैले हामीले त्यही अनुसार त्यसको उपयोग र उपभोग गर्दै जानुपर्छ । चन्द्रमा (चित्त) को विभिन्न कला विकला मा चन्द्रमाले आफ्नो आकार बदलिन्छ । एक दिन मात्र औंसी हुन्छ अन्य समयमा धेरै थोरै या पूर्ण रुपमा तेज प्रकाशित गरिहाल्छ । सानो आकारमा मात्र चन्द्रमा देखेपनि त्यो पूर्ण चन्द्रको रुप र प्रकाश भन्दापनि बढि चम्किलो हुन्छ । त्यही नै हाम्रो परिवर्तन को मजबुत आशा र भरोसा हुन्छ ।
हामी सुर्यको ठाऊँमा कपालको चिन्ह राख्ने गर्छौं । किन भने हामी स्वरूप को पनि भित्रि रहस्यलाई बढि प्राथमिकता दिन्छौं । बाहिरी स्वरूप खटिरा ले युक्त, आगोले डढेको या जस्तो सुकै कुरूप भएर प्रकाशित हुन सक्छ । तर भित्री मनको स्वरूप भनेको बौद्धिकता हो । बौद्धिकता लाई कपाल ( खप्पर ) चिन्हले बुझाउँछ ।
हामीलाई केही किन्नु छ । त्यसको मोल हामीले तिर्नु नै पर्छ । अनि मात्र काम कुरा बन्छ । न मागि आयो दुध हो । मागि भयो पानी । बाध्य पारेर लिनु रगत हो ।
बाध्य नहुन को लागि स्वीकृति चाहिन्छ । त्यो पैसाले प्रलोभन ले कुटिल कुराले हुँदैन । पैसाले सब कुरा किन्न सकिन्न । एउटा गरिबको स्वीकृति बिना धनीले दान समेत गर्न पाउँदैन । धनीले आफ्नो पैसाको अभिमान गरेर गरिबको सत्यता इमान्दारिता किन्न पाउँदैन । हो यस्तै हो । हाम्रो कुनैपनि इच्छा कामना अठोट जिद्धि पन पनि यस्तै पैसा हो । जसको कारण प्रकृतिले दिएको स्वीकार गर्न सक्दैन तर प्रकृतिमा नभएको चाहीं आशा लिएको हुन्छ ।
आफ्नो अभिमान या अप्राप्य कामनाको क्षय गरेमा अर्को प्राप्त गर्न सक्ने कामनाको उदय हुन्छ । यसरी आफ्नो चित्तलाई त्राण मिल्छ । यसरी सुख पाउँछ । सुख पाएपछि यी सब घटना परिस्थिति बाट बनेको वास्तविक ज्ञान पाउँछ ।
क्ष नभैकन त्र हुदैन ।
त्र हुनुनै ज्ञ पाउनु हो ।
आमाको गर्भमा वीज र रजको संयोगले बनेको भ्रुण, नावालक मा विकास हुनु र पूर्ण विकास भएर नाबालकको जन्म हुनु । प्राय सबै नौ महिना
यसमा हामीले वीज(हेतु ज्ञान ) र रज ( कर्म ज्ञान ) ( कर्म ज्ञान ) मिलेर त्यसको अध्ययन, काम, त्यसबाट पाउने ज्ञान विकास हुँदै जान्छ । परिपक्व भैसके पछि मात्र जन्मिने लागेको संसारलाई सुहाउने हुन्छ । त्यसरी परिपक्व नभएसम्म नाबालक जन्मन मान्दैन ।