सन्दर्भ अ ह म :
अनित्य बोधि मकार
हजुर ! चतुर जीन गुणको प्रादुर्भाव बाट उत्पत्ति भएको ज्ञानस्कन्दका कारण कलशमा उत्पन्न हुने सबै पञ्च तत्वका व्यञ्जन वर्णहरू ठोष आकार लिएर हुँकार उत्पति भएर ( म कार ) को उत्पत्ति भएको हो । यस शरीरका रोम रोम , पिण्ड , आदि सम्पूर्ण भागले यो हुँकार हामीले लिने हरेक सास मार्फत बोध गरि रहेको हुन्छ |
यि सबै तत्वहरूको एक मात्र प्राण केन्द्र मुटु बाट हरेक धड्कनबाट पनि यहि म कार प्रवाह गरेको हुन्छ । यदि यो म कार (पञ्च तत्व / स्कन्द / जीन / ज्ञान ) बाट सबैलाई एकिकृत गरि मकार नगरेको भए रगत रगत मिलेर मासु, पिण्ड , ग्रन्थी आदि केही पनि बन्दैन ।
हाम्रो यो केन्द्रको चेतना यि स-साना चेतना हरुको एकतृत भएर बसेको अद्वय परमार्थ ज्ञान हो । यो अनेक चेतकहरुको एक मात्र केन्द्रिय ज्ञान हो । यो ज्ञानले सबैलाई नछोएर पनि छोएको छ । र छोएर पनि भिन्न छ । त्यसैले त शरीरको भाग काट्ना साथ हामीलाई दुख्छ । तर काटि सकेको भागलाई नदेखिने गरि काटेर हेर्दा केही हुन्न । तर काटिसकेको छैन भनेर थानेको छ । अझैपनि आफ्नै शरीर हो भन्यो भने अझैपनि दुख्छ । किन भने त्यसमा अझैपनि म भन्ने आशक्ति हुन्छ |
अ आ .. अं अः द्वादश भनेको सुर्य फल हो । यो दिमाग (विर विरेश्वर ) या कर्ता हो ।
अ आ .. अं अः षोडश भनेको चन्द्र फल हो । यो मुटु चित्त या
भावना हो ।
यि दुबैमा अं शब्द हुन्छ । जसरी o १ २ .. पछि ९ सम्म आएर अर्को फड्को मार्छ । उसको रुपान्तरण हुन्छ l पूर्ण चक्रवर्ति (उष्णिश चक्रवर्तिन ) हुन वर्तुल आकार लिन्छ उसले आफ्नोे मकार लाई त्यागेर अर्को ह : कारलाई अँगाल्छ । त्यहि ह : कार ले पुनः अर्को परिवेशमा गएर उत्पन्न हुन्छ |
यहाँ म कार जहिले पनि छ । तर पनि म कारलाई प्राथमिकता नदिनु बौद्ध दर्शन हो । किन भने मकार लाई अँगाले सम्म दुःख रहि रहन्छ । जब मकार छ तब यो शरीर छ । यो शरीर मात्र होइन मकार हुना साथ जीन गुण भएर बसेका ह / स भएर बसेका बोधि तत्व पनि मानव / पशु पंक्षी / किरा आदि भएर जन्मनै पर्ने हुन्छ |
प्राय हामी सबैले बुद्ध हुनु भनेको संसारिक सुःख दुःख बाट मुक्त भएर बस्नुलाई भन्छौं । तर वास्तवमा बुद्ध हुनु भनेको लौकिक या अलौकिक दुबैको माया मोह आदि लाई बोध भएर हेर्नु मात्रै हो । यसरी चुप लागेर non reactive भएर हेर्न अति मिहेनत गर्नुपर्छ । हरेक पल , चौबिसै घण्टा बर्षों , कल्पौं , (अहोरात्र )आफ्नो क्षमताले भ्याए सम्म जहिले पनि निरन्तर कुनै विश्राम नलिईकन आफ्नो चित्तलाई शुद्ध विशुद्ध अमल विमल निर्मल शोधन विशोधन गरिरहनु पर्छ । यो सबै मकार लेनै गर्छ । यो हुं भन्दा जसरी ह ( trans state ) बाट मकार मा टुंगिन्छ । यो खालि आशक्ति के मा राख्ने मात्रै फरक हो । यो जहिले पनि शुन्यता निर्गुण बाट पुर्णता या सद्गुण / दुर्गुण मा परिणत हुन सक्छ ।
हाम्रो बौद्ध प्रयास दुख छेदन गर्नको लागि भएर दुखलाई काट्ने कोशिस मात्र हो । तर सुःख दुःख बराबर हुन्छ | यो परिनत हुन बज्राचार्य गुरुको हत्केलाको एक चुत्की फट् आवाजले गर्न सक्छ । हामीले हेर्ने दृष्टिकोण फरक हुना साथ सबै सुःख ; दु:ख हुन सक्छ ।
# पञ्च तत्व (आमा )भित्रै पाइने पञ्च जीन (बुबा) |
पञ्च जीनकै ज्ञानको कारण बनेको म कार ।
दुबै एक अर्काका परिपुरक हुन् ।
चुम्बकलाई जति टुक्रा गरेपनि त्यसको दुई गुण को अवशेष रहिरहन्छ । #
थाम को पिंधमा कुंडिएको कलश :
थामका चार दिशा = चार स्कन्द र केन्द्र समेत गरि पाँच
कलशको मुनी राखेका पाँच तह बुट्टा = ज्ञानका खुड्किला
जसरी वीजले रजलाई नस्वीकारेको भए रगतका थोपा थोपा जोडेर पिण्ड , ग्रन्थी युक्त पुर्ण शरिर बन्दैनथ्यो । पाँच तत्व पाँच जिन सँग मिलेर ५ X ५ = २५ गुण बन्दैनथ्यो । यो पञ्च तत्वको शरीरमा पञ्च जीनको प्रार्दुभावले यस कलशमा क्लेशावरण वाट क देखि म सम्म २५ किसिमले आफ्नो गुणलाई परिमार्जन गर्दै पुर्णता पाएको हुन्छ | यसरी आफ्नो धर्ति आकाश वायु जल उर्जा आफैले बनाएर , आफैले चित्त उत्पति गरेर , त्यसमा हेतु उत्पत्ति गरेर , आफ्नो बाटो आफैले बनाएर ,असिमित तेज उर्जा वायु जल ले अन्धकार आकाशमा छेडेर मकार प्राप्त गर्छ । यसरी एउटा लोक बाट अर्को लोकमा रुपान्तरण हुन्छ l यसरी प्राप्त म कार ले नै दश करोध (क्रोध ) राजाको रुप धारण गर्छ । यिनीहरुले सुःख दुःख का कुनैपनि फलको वास्ता नगरि लोक कल्याणको लागि पुर्ण रुपमा वैचारिक र शारिरिक योग मिलाउने गर्छ । यहि य र ल व श ष स ह क्ष त्र भयो । उनीहरुले अनेक ज्ञान को सिद्ध प्राप्त गरेकै कारणले विद्याराज हुन जान्छ । उनीहरू ( करोध / कर्ता )ले हरेक कार्य मा पाउने या दिने अनेक वेदना र त्यस्का असरहरू लाई सहर्ष आत्म सात गर्छ । यसरी पूर्ण ज्ञाता भएर को ज्ञ बन्छ ।
जसरी हरेक मानिस प्राणि जन्मेदेखि नमरे सम्म क देखि म सम्म को योग बार बनेका शरीर /ज्ञान लाई अनेक किसिमले प्रयोग गर्दै मर्ने बेलामा त्यही कर्म फल सुःख दुःख दुबैको समिश्रण लाई ज्ञानको अग्निमा दाह गरेर ज्ञानको पूर्णता प्राप्त गर्छ । आफूले गरेका कामले सबैलाई असर पारी सबैलाई आफ्नो व्यक्तित्वको छाप छाडेर यस मकार लाई शारीरिक रुपमा / यन्त्रको रुपमा विश्राम गर्छ ।
तर यस पछि पनि मकार अवश्य रहन्छ । शरीर रहन्दा क देखि त्र सम्मको क्लेशावरण रहि रहन्छ भने शरीर नरहन्दा ज्ञयावरण रहिरहन्छ । उदाहरणको लागि fossil fuel ठोस पदार्थ धातु हो । यो fuel / तेल / सु / चिकं / हो । यो तरल पदार्थ हुन्दा पनि तेल नै हो । अनि वाष्पिकरण भएपनि यो हावाको रुपमा तेलकै काम गर्छ । यसले आफ्नोे गुण छोडेको हुँदैन ।
ठिक यसरी नै मकारले छोडेको हुँदैन । यसलाई कस्तो प्राथमिकता मा राख्ने त्यति मात्रै फरक पर्छ । हाम्रो बौद्ध परम्पराको प्रयास मकार बाट पाउने दुःख लाई निवारण गर्न भनेर मात्र मकार लाई शुन्यता मा लगेको हो । तर शुन्यता र पूर्णता दुबै एकै ठाऊँमा अद्वय भएर बसेको छ । यसलाई छुटाउनै सकिन्न ।
हुंकार मा पनि मकार रहेकै हुन्छ । हामीले फेर्ने हरेक सासमा हुंकार को मकार रहेको हुन्छ । मुटुको हरेक ढुकढुकीले पनि यहि मकारलाई विकसित गरेकै हुन्छ । यति मात्रै फरक हो कहिले शुन्यता निराकार विन्दुमा बस्ने /जाने या आकार विन्दुमा आउने ।
यदि महा मञ्जुश्री (म कार ) ले दश करोध रुप लिएर आफ्नो ज्ञानलाई परिमार्जित विकसित गर्दै नलानु भएको भए पञ्च जीन र तत्वको अनेक समिश्रण बाट अनेक ज्ञानको उदय भएर नाम संगीतिको उत्पत्तिनै हुने थिएन होला ।
💐❤️🙏🌞🍀
॥ भवतु सर्व मङ्गलम् ॥
