Sunday, October 29, 2023

म कार किन आवश्यक ?

सन्दर्भ अ ह म : 

अनित्य बोधि मकार


हजुर ! चतुर जीन गुणको प्रादुर्भाव बाट उत्पत्ति भएको ज्ञानस्कन्दका कारण कलशमा उत्पन्न हुने सबै पञ्च तत्वका व्यञ्जन वर्णहरू ठोष आकार लिएर हुँकार उत्पति भएर ( म कार ) को उत्पत्ति भएको हो । यस शरीरका रोम रोम , पिण्ड , आदि सम्पूर्ण भागले यो हुँकार हामीले लिने हरेक सास मार्फत बोध गरि रहेको हुन्छ | 


यि सबै तत्वहरूको एक मात्र प्राण केन्द्र मुटु बाट हरेक धड्कनबाट पनि यहि म कार प्रवाह गरेको हुन्छ । यदि यो म कार (पञ्च तत्व / स्कन्द / जीन / ज्ञान ) बाट सबैलाई एकिकृत गरि मकार नगरेको भए रगत रगत मिलेर मासु, पिण्ड , ग्रन्थी आदि केही पनि बन्दैन । 


हाम्रो यो केन्द्रको चेतना यि स-साना चेतना हरुको एकतृत भएर बसेको अद्वय परमार्थ ज्ञान हो । यो अनेक चेतकहरुको एक मात्र केन्द्रिय ज्ञान हो । यो ज्ञानले सबैलाई नछोएर पनि छोएको छ । र छोएर पनि भिन्न छ । त्यसैले त शरीरको भाग काट्ना साथ हामीलाई दुख्छ । तर काटि सकेको भागलाई नदेखिने गरि काटेर हेर्दा केही हुन्न । तर काटिसकेको छैन भनेर थानेको छ । अझैपनि आफ्नै शरीर हो भन्यो भने अझैपनि दुख्छ । किन भने त्यसमा अझैपनि म भन्ने आशक्ति हुन्छ |


अ आ .. अं अः द्वादश भनेको सुर्य फल हो । यो दिमाग (विर विरेश्वर ) या कर्ता हो ।


अ आ .. अं अः षोडश भनेको चन्द्र फल हो । यो मुटु चित्त या

 भावना हो । 


यि दुबैमा अं शब्द हुन्छ । जसरी o १ २ .. पछि ९ सम्म आएर अर्को फड्को मार्छ । उसको रुपान्तरण हुन्छ l पूर्ण चक्रवर्ति (उष्णिश चक्रवर्तिन ) हुन वर्तुल आकार लिन्छ उसले आफ्नोे मकार लाई त्यागेर अर्को ह : कारलाई अँगाल्छ । त्यहि ह : कार ले पुनः अर्को परिवेशमा गएर उत्पन्न हुन्छ | 


यहाँ म कार जहिले पनि छ । तर पनि म कारलाई प्राथमिकता नदिनु बौद्ध दर्शन हो । किन भने मकार लाई अँगाले सम्म दुःख रहि रहन्छ । जब मकार छ तब यो शरीर छ । यो शरीर मात्र होइन मकार हुना साथ जीन गुण भएर बसेका ह / स भएर बसेका बोधि तत्व पनि मानव / पशु पंक्षी / किरा आदि भएर जन्मनै पर्ने हुन्छ |


प्राय हामी सबैले बुद्ध हुनु भनेको संसारिक सुःख दुःख बाट मुक्त भएर बस्नुलाई भन्छौं । तर वास्तवमा बुद्ध हुनु भनेको लौकिक या अलौकिक दुबैको माया मोह आदि लाई बोध भएर हेर्नु मात्रै हो । यसरी चुप लागेर non reactive भएर हेर्न अति मिहेनत गर्नुपर्छ । हरेक पल , चौबिसै घण्टा बर्षों , कल्पौं , (अहोरात्र )आफ्नो क्षमताले भ्याए सम्म जहिले पनि निरन्तर कुनै विश्राम नलिईकन आफ्नो चित्तलाई शुद्ध विशुद्ध अमल विमल निर्मल शोधन विशोधन गरिरहनु पर्छ । यो सबै मकार लेनै गर्छ । यो हुं भन्दा जसरी ह ( trans state ) बाट मकार मा टुंगिन्छ । यो खालि आशक्ति के मा राख्ने मात्रै फरक हो । यो जहिले पनि शुन्यता निर्गुण बाट पुर्णता या सद्गुण / दुर्गुण मा परिणत हुन सक्छ ।


हाम्रो बौद्ध प्रयास दुख छेदन गर्नको लागि भएर दुखलाई काट्ने कोशिस मात्र हो । तर सुःख दुःख बराबर हुन्छ | यो परिनत हुन बज्राचार्य गुरुको हत्केलाको एक चुत्की फट् आवाजले गर्न सक्छ । हामीले हेर्ने दृष्टिकोण फरक हुना साथ सबै सुःख ; दु:ख हुन सक्छ ।


# पञ्च तत्व (आमा )भित्रै पाइने पञ्च जीन (बुबा) |

पञ्च जीनकै ज्ञानको कारण बनेको म कार ।

दुबै एक अर्काका परिपुरक हुन् । 

चुम्बकलाई जति टुक्रा गरेपनि त्यसको दुई गुण को अवशेष रहिरहन्छ । #


थाम को पिंधमा कुंडिएको कलश :

थामका चार दिशा = चार स्कन्द र केन्द्र समेत गरि पाँच 

कलशको मुनी राखेका पाँच तह बुट्टा = ज्ञानका खुड्किला

जसरी वीजले रजलाई नस्वीकारेको भए रगतका थोपा थोपा जोडेर पिण्ड , ग्रन्थी युक्त पुर्ण शरिर बन्दैनथ्यो । पाँच तत्व पाँच जिन सँग मिलेर ५ X ५ = २५ गुण बन्दैनथ्यो । यो पञ्च तत्वको शरीरमा पञ्च जीनको प्रार्दुभावले यस कलशमा क्लेशावरण वाट क देखि म सम्म २५ किसिमले आफ्नो गुणलाई परिमार्जन गर्दै पुर्णता पाएको हुन्छ | यसरी आफ्नो धर्ति आकाश वायु जल उर्जा आफैले बनाएर , आफैले चित्त उत्पति गरेर , त्यसमा हेतु उत्पत्ति गरेर , आफ्नो बाटो आफैले बनाएर ,असिमित तेज उर्जा वायु जल ले अन्धकार आकाशमा छेडेर मकार प्राप्त गर्छ । यसरी एउटा लोक बाट अर्को लोकमा रुपान्तरण हुन्छ l यसरी प्राप्त म कार ले नै दश करोध (क्रोध ) राजाको रुप धारण गर्छ । यिनीहरुले सुःख दुःख का कुनैपनि फलको वास्ता नगरि लोक कल्याणको लागि पुर्ण रुपमा वैचारिक र शारिरिक योग मिलाउने गर्छ । यहि य र ल व श ष स ह क्ष त्र भयो । उनीहरुले अनेक ज्ञान को सिद्ध प्राप्त गरेकै कारणले विद्याराज हुन जान्छ । उनीहरू ( करोध / कर्ता )ले हरेक कार्य मा पाउने या दिने अनेक वेदना र त्यस्का असरहरू लाई सहर्ष आत्म सात गर्छ । यसरी पूर्ण ज्ञाता भएर को ज्ञ बन्छ । 


जसरी हरेक मानिस प्राणि जन्मेदेखि नमरे सम्म क देखि म सम्म को योग बार बनेका शरीर /ज्ञान लाई अनेक किसिमले प्रयोग गर्दै मर्ने बेलामा त्यही कर्म फल सुःख दुःख दुबैको समिश्रण लाई ज्ञानको अग्निमा दाह गरेर ज्ञानको पूर्णता प्राप्त गर्छ । आफूले गरेका कामले सबैलाई असर पारी सबैलाई आफ्नो व्यक्तित्वको छाप छाडेर यस मकार लाई शारीरिक रुपमा / यन्त्रको रुपमा विश्राम गर्छ । 


तर यस पछि पनि मकार अवश्य रहन्छ । शरीर रहन्दा क देखि त्र सम्मको क्लेशावरण रहि रहन्छ भने शरीर नरहन्दा ज्ञयावरण रहिरहन्छ । उदाहरणको लागि fossil fuel ठोस पदार्थ धातु हो । यो fuel / तेल / सु / चिकं / हो । यो तरल पदार्थ हुन्दा पनि तेल नै हो । अनि वाष्पिकरण भएपनि यो हावाको रुपमा तेलकै काम गर्छ । यसले आफ्नोे गुण छोडेको हुँदैन ।


ठिक यसरी नै मकारले छोडेको हुँदैन । यसलाई कस्तो प्राथमिकता मा राख्ने त्यति मात्रै फरक पर्छ । हाम्रो बौद्ध परम्पराको प्रयास मकार बाट पाउने दुःख लाई निवारण गर्न भनेर मात्र मकार लाई शुन्यता मा लगेको हो । तर शुन्यता र पूर्णता दुबै एकै ठाऊँमा अद्वय भएर बसेको छ । यसलाई छुटाउनै सकिन्न ।


हुंकार मा पनि मकार रहेकै हुन्छ । हामीले फेर्ने हरेक सासमा हुंकार को मकार रहेको हुन्छ । मुटुको हरेक ढुकढुकीले पनि यहि मकारलाई विकसित गरेकै हुन्छ । यति मात्रै फरक हो कहिले शुन्यता निराकार विन्दुमा बस्ने /जाने या आकार विन्दुमा आउने । 


यदि महा मञ्जुश्री (म कार ) ले दश करोध रुप लिएर आफ्नो ज्ञानलाई परिमार्जित विकसित गर्दै नलानु भएको भए पञ्च जीन र तत्वको अनेक समिश्रण बाट अनेक ज्ञानको उदय भएर नाम संगीतिको उत्पत्तिनै हुने थिएन होला । 






💐❤️🙏🌞🍀

॥ भवतु सर्व मङ्गलम् ॥



चक्र सम्बर मण्डल र शरीर

 क ख ग घ ङ ङ्य 

च छ ज झ ञ ञ्ज            

ट ठ ड ढ ण ड मरु बिचको ड्याँ

त थ द ध न द बिचको द्म द्या

प फ ब भ म बिज बिचको म्ह म्य


बोधिसत्व हरुको स्थान चार दिशा ( उपोषद बोधिसत्व चर्या वर्णन ) एक मात्र सर्वऔषधि ।

यसमा दश करोधराज को स्थान दिशा कोण र तल माथि केन्द्र ( चक्र ज्ञान वर्णन )

अष्ट श्मसानको स्थान हुन्छ दिशा कोण । एक मात्र ज्ञान शुन्यता मा पुर्णता । केवल ज्ञान प्राप्ति तर दुषित शरीर रहित । परिवर्तन मय हाम्रो उर्जा ।

यसैमा छ भुत वर्तमान र भविष्य

सानो सानो टुक्राको लागि भुतमा वर्तमान छैन, आदि । 

तर एक सिंगो समयको लागि तीन वटै एकै पटक छ । जस्तो कि भुत ( खाएर पचेको भुत बाट बनेको शक्ति , भविष्यको लागि विज ) एउटै समयमा छ । केवल स्वरूप परिवर्तन भएको हो । हाम्रो शरीरमा भूत हाम्रो DNA पुर्खाको छ । हड्डीको गुडी विर्य पनि पुर्खाको छ । त्यसैमा अहिलेको थपिएको छ । भविष्यको लागि बिउ पनि त्यहि हो । भुत वर्तमान भविष्य पनि एउटै भयो । सम्पूर्ण शरीरिक गतिविधि लाई हेर्‍यो भने हामीले समय देख्छौं । हामी जीवाणु को पूर्ण जीवन चक्रबाट शक्ति उर्जा बनेर अर्को मांस पिण्डमा बलि भएर स्वरूप परिवर्तन भएर त्यसबाट पनि कार्य भार सम्हालेर ज्ञान उर्जा , शक्ति उर्जा लगायत विर्य उर्जा आदि शरीरका सबै अङ्ग प्रत्यङ्गको गुण धातु उर्जामा परिशोधन हुदै स्वरूप परिवर्तन गरेर उर्जामय शान्त चिसो जल ( जल ) सेतो प्रकाश विन्दुमा ( अग्नि ) सबै धातु हरुको चिन्ह हरु बोकेर ( चित्त /पृथ्वी ) प्राण वायु ह स्वरूप भएर उभय लिङ्गी या अद्वय स्वरूपमा ( वायु ) शान्त भएर DNA , calcium , minerals आदि भएर शरीरको मुख्य क्षमता भएर बस्छौं । हामीले हाम्रो शरीर लाई भूत वर्तमान भविष्यको एकत्रित स्वरूप भनेर बुझ्यो भने multiple dimension भनेर बुझ्न सकिन्छ । मस्तिष्क मा सबै तरङ्ग प्रकाश बिजुली बाट काम हुन्छ । 


आँखा (दृष्टि / दृष्टा / लोभ ) 

कान (श्रोत / श्रुति / रिस ) 

नाक (गन्ध / भोक )  

मुख(जिब्रो / स्वर / रस)

छाला रोम माँस पिण्ड (cell) ( स्पर्श )


तीन चतुर्भुज - क बाहिरी । छ भित्री । ड केन्द्र-

                 श

      य                     र   

ह                                   ष

      व                      ल

                 स


एक वर्तुल - य । श -


      ज्ञ


क्ष           त्र

      

एक त्रिकोण - क्षत्रज्ञ -



माथिको तरिकाले चैत्य वास्तु बन्न सक्छ ।


               य

               व

     ल                  र


     ष                  स          

               ह

               श     

दुई त्रिकोण - य । श -


क्ष त्र

दुई पाद - क्ष । त्र -


ज्ञ 

एक विन्दु - ज्ञ -


            व्ह ह्व

             म्ह


यति अक्षरको अनेक युति , अनेक योग , अनेक ऋद्धि , अनेक सिद्धि 

र व - जप ( ऋद्धि ). रवि

व र - प्राप्ति ( सिद्धि ) वीर


शरीर त्रियाकलाप चित्त 

तीन वटै पुष्पलाई एउटै माला बनाएर उन्ने सियो धागो 

दृढ विश्वास नछुटिने प्रेम 

एकले अर्कालाई ज्ञान र मायाको श्रोत सम्झिने 

दुबै (एक अर्को ) को लागि वास स्थान, क्रिडा स्थान , एक विन्दु मुक्ति (करुणा नि ध्यान )

मच्छिन्द्र नाथ

मायाजाल



कुल्ला व्याकुल्ला कुरुकुल्ला



ध्यान केन्द्रित 

लक्ष्य वेदन 

करुणा लक्ष्य उत्पादन लक्ष्य

सर्व प्रकारं सर्वजन हिताय

बुद्धो भवेय जगतो हिताय



चुम्बक - N भित्र S छ । S भित्र N छ ।

N को बच्चा sn हो ।

S को बच्चा sn नै हो ।



E W दुई गुण

E बाट W जान S शक्ति बन्छ ( तातो )

W बाट E जान N शक्ति बन्छ ( चिसो )


अष्ट मातृका , अष्ट श्मसान , अष्ट सिद्धि , अष्ट लक्ष्मी




समय , स्थान र हाम्रो परिवर्तित स्थान को कारण बन्ने ऋतु -

पञ्च तत्वको समिश्रण को कारण बन्ने मौसम -

माथिको चित्रले त्रिगुण युक्त चैतन्य शरीरलाई जनाउँछ । यसैको आधारबाट चैत्य बनाएको देखिन्छ ।




सबै तन्तु बाट गुण बोकेर शोधन गरेर केन्द्रित या विकेन्द्रित गर्ने त्रिकोणात्मक ज्ञान । शोधन प्रशोधन गर्ने फैलाउने वर्तुल । गुणहरू चाल पाउने पञ्च तत्वको चार खम्वा , भित्ता । भित्ताको आँखा कान नाक मुख छाला ( चाल पाउने ) ( मुटु + दिमाग = चित्त ) ( लिङ्ग = शारीरिक चेतना गुणको उच्चतम प्रभाव ) ( मुटु = शारीरिक प्रकृयाको प्राण र शक्ति को मिलन विन्दु ) ( दिमाग = आफ्नो इच्छा अनुसार सुख दुख आभास गर्ने / ज्ञान पाउने । )



एक पछि अर्को आउने वर्तुल ज्ञान चाहिन्छ ।

2D मा गोलो घुमेर एकै ठाऊँमा पुग्छ । अंकुशको कारण त्यहिं जकडिएको ।

3D मा गोलो घुमेर spring जस्तै स्थान परिवर्तन हुन्छ । मुक्तिको कारण नयाँ परिवर्तनशील भएको ।


म कार शक्ति उर्जा ( प्रज्ज्वलन शील इन्धन भए सम्म म कार छ ) यो चेतनमय उर्जा हो ।

ह - यो अवचेतनमय उर्जा हो । यो humid oxygen युक्त Atmosphere हो ।

म्ह > दुबै को उपस्थिति , आकर्षण र संसर्ग ( क्रियाकलाप )को कारण पहेंलो देख्छ । रसायनको आधारमा तातो गुण तैलिय वस्तुमा हुन्छ र चिसो गुण पानी मा हुन्छ । ह पानी को गुण हो । म तेलको गुण हो । चुप लागेर बस्दा रङ्ग हिन भएपनि जब एक आपसमा संसर्ग हुन्छ । तब पहेंलो बढेर जान्छ ।


म - तेल (प्राण - पर + अण )

ह - चिसो ठाऊँ

म + ह = फोसा होइगु । Fungus